नियम ७६
उजुरीको कारबाही तथा किनारा
(१) ऐनको दफा १६२ बमोजिम कसैले विभाग वा कार्यालयमा उजुरी गरेमा विभाग वा कार्यालयले त्यस्तो उजुरी दर्ता किताबमा दर्ता गरी सोको निस्सा सम्बन्धित उजुरीकर्तालार्इ दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम दर्ता हुन आएको उजुरीको व्यहोराबाट उजुरीकर्ता र उजुरी गरिएको पक्षबीच मेलमिलाप गर्न उचित देखेमा विभाग वा कार्यालयले सम्बन्धित पक्षलाई झिकार्इ मेलमिलाप गराउन सक्नेछ।
तर ऐनको दफा १६३ बमोजिम जरिबाना हुने विषयमा मेलमिलाप हुन सक्ने छैन ।
(३) उपनियम (२) बमोजिम दुबै पक्षबीच मेलमिलाप हुन नसकेमा विभाग वा कार्यालयले सो सम्बन्धमा दुबै पक्षलार्इ आफ्नो दाबी पुष्ट्यार्इँ गर्ने आधार र कारण सहितका प्रमाण पेश गर्न लगार्इ सोही आधारमा निर्णय लिर्इ सम्बन्धित पक्षलार्इ निर्णय कार्यान्वयन गर्न आवश्यक आदेश दिन सक्नेछ।
(४) उपनियम (३) बमोजिम विभाग वा कार्यालयले दिएको आदेश पालना नभएको भनी सम्बन्धित पक्षले विभाग वा कार्यालयमा निवेदन दिएमा विभाग वा कार्यालयले ऐनको दफा १६६, १६७ वा १६८ बमोजिम भएको निर्णय कार्यान्वयन गर्न, गराउन सक्नेछ।